नेकपा एमाले पकाहाँमैनपुर गाँउपालिकाको अध्यक्षमा अकलेश कुमार साह चयन
पर्सा( नेकपा एमाले पकाहाँमैनपुर गाँउपालिका कमिटीको दोस्रो पालिका अधिवेशनबाट अध्यक्षमा अकलेश कुमार साह चयन भएका छन ।
नेकपा एमाले पकाहाँमैनपुर गाँउपालिका कमिटीको दोश्रो पालिका अधिवेशनका अध्यक्ष मण्डलकका अध्यक्ष डा। विशम्भर कुमार शर्माको अध्यक्षतामा बैशाख २१गते सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट साह सर्वसहमतीले अध्यक्षमा चयन भएका हुन ।
झण्डै एक महिना पछि सम्पन्न अध्यक्ष मण्डलको बैठकले उपाध्यक्षमा सन्तोष कुमार चौरसिया, सचिव राजेश सहनी, उप–सचिव रामवावु प्रसाद चौरसिया महिला उप–सचिव चाँदनी देवी चयन भएका छन भने सदस्यहरुमा विजय कुमार पाण्डे, खोभारी राउत कुर्मी, सुरज पटेल, सकुन्तला देवी, दिन दयाल राम, गया प्रसाद चौहान, उपेन्द्र सहनी, लक्षन देव साह, लिलेश चौहान, बृज मोहन प्रसाद चौहान, लाल मुनि देवी, रम्भा देवी, महिन्द्र राउत कंकर, जान महमद, जटा शंकर साह तेली, जनक माझी, ललिता कुमारी माली, कलिता देवी, बृज किशोर यादव, मदन स्वर्णकार, अनिरुद्ध यादव, कृष्ण पटेल, राम प्रवेश बैठा, गिरीजा देवी अहिरिन, गिता देवी, मुन्नी ठाकुर, शिव पुजन बरै, रन्जीत चौरसिया, अनवत राम, सिकेन्द्र सहनी, जैनव खातुन, गिता देवी लगायतका ३८ सदस्यीय पालिका कमिटि गठन गरिएको अध्यक्ष मण्डलकका सदस्य तथा कार्यवाहक जिल्ला अध्यक्ष मनोज गुप्ताले समाजिक संजाल मार्फत सर्वजनिक गरेका छन ।
यसै गरी लेखा कमिटीको अध्यक्षमा हमिद मिया, उपाध्यक्षमा मुक्ती चौहान, सचिव रविन्द्र चौरसिया, सदस्य मखु दास तत्वा, मदन साह कानु लगायतका रहेका छन ।
चैत २३गते उदघाटन सत्र सम्पन्न भएको थियो भने बन्द सत्रमा बिवाद हुदाँ अनिश्चतकालको लागी अधिवेशन स्थगीत गरिएको थियो ।