पकहाॅंमैनपुरमा जेनजी युवा समूहको अध्यक्षमा कुर्मी चयन, भ्रष्टाचार विरुद्ध अभियान सुरु

159

पर्सा – पकहाॅंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक आज सम्पन्न भएको छ। बैठकको अध्यक्षता युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहले गरेका थिए। बैठकमा पालिका स्तरिय क्रियाशील जेनजी युवा समूह गठन गरिएको छ।

गठित समूहको अध्यक्षमा भगवान कुर्मी चयन भएका छन् भने २१ सदस्यीय कमिटी सर्वसहमति नियुक्त गरिएको छ। सदस्यहरूमा नितेश यादव, अकाश पटेल, चंदन पटेल, संदिप चौहान, बलिस्टर कुशवाहा, उतम कुमार, अकाश पासवान, आशिष साह, मुकेश मुखिया, अरबिन्द सहनी, सतेन्द्र साह, सिकेन्द्र सहनी, राम विश्वास सहनी, अकाश पटेल, बिश्णु पटेल लगायत २१ जना सदस्य रहेका छन्।

नयाँ नेतृत्व चयनसँगै, गाउँपालिकामा बढ्दो भ्रष्टाचार, अनियमितता, पक्षपात र गैरजिम्मेवार जनप्रतिनिधि प्रवृत्तिको विरोधमा सशक्त अभियान सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।

जेनजी युवा समूहका अध्यक्ष भगवान कुर्मीले भने, “अब मौन रहने समय सकियो। गाउँमा जनताको करले उठेको पैसा पारदर्शी रूपमा खर्च हुनुपर्छ। विकासका नाममा भइरहेको अनियमितता र हिनामिना अब सह्य हुने छैन। हामी युवाहरूको नेतृत्वमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न जनचेतना र निगरानी अभियान सञ्चालन गर्नेछौं। पालिकालाई भ्रष्टाचारमुक्त बनाउन २४ घण्टा खटिरहने प्रतिबद्धता हामीलाई छ।”

बैठकले आगामी सोमबार खबरदारी कार्यक्रम आयोजना गर्ने र गाउँपालिकाका प्रमुख तथा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। ज्ञापनपत्रमार्फत पालिकामा भएका योजनाहरूको विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शिता कायम गर्न र जनप्रतिनिधिहरूले जवाफदेही बन्नुपर्ने माग गरिनेछ। साथै कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ।

सो अवसरमा वक्ताहरूले गाउँपालिकामा विकास योजनाको असमान वितरण, मनोमानी खर्च र अनियमित निर्णयका कारण स्थानीयहरू असन्तुष्ट रहेको बताए। उनीहरूले भने, “हामी कुनै दलको लागि होइन, जनताको हकका लागि आवाज उठाउने उद्देश्यमा छौं। भ्रष्टाचारमा संलग्न जो कोही भए पनि हाम्रो अभियानले उजागर गर्नेछ।”

स्थानीय बासिन्दाहरूले जेनजी युवा समूहको कदमको स्वागत गर्दै यसको एकता गाउँमा सुशासन र विकासको नयाँ दिशातर्फ प्रेरक बन्ने विश्वास व्यक्त गरेका छन्। बैठकमा राजेश सहनी, प्रमोद राज पटेल, मोटर बरनवाल, रामवावु चौरसिया, रामशेवक पडित लगायतका स्थानीय बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता, युवा सञ्जालका पदाधिकारी, सदस्य तथा जेनजी युवाहरूको उपस्थिती रहेको थियो।

Leave A Reply

Your email address will not be published.