पटेर्वा सुगौलीमा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर

66

वीरगन्ज, पर्सा ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तन सुनिश्चित हुने संकेत दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले पर्सा–३ मा परिवर्तन अवश्यंभावी रहेको र युवा उम्मेदवार रूपेश पाण्डेको जित सुनिश्चित रहेको दाबी गरे। उनले विकास, सुशासन र रोजगारी सिर्जनामा एमाले स्पष्ट भिजनसहित अघि बढेको उल्लेख गर्दै मधेसको समग्र विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताए।

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे। उनले पर्सा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

“अब नाराभन्दा कामको राजनीति आवश्यक छ,” भन्दै पाण्डेले जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने संकल्प दोहोर्‍याए।

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरविन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश, एमाले नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेत्री मन्तुरा चौधरी, फुलमति चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले राष्ट्रियता, स्थिरता र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै पर्सा–३ बाट ऊर्जावान, विकासप्रेमी र सक्षम उम्मेदवारका रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन आह्वान गरे। स्थानीय स्तरमा बढ्दो जनसमर्थनले पर्सा–३ मा एमालेको संगठनात्मक आधार थप मजबुत बन्दै गएको देखिएको छ।

पटेर्वा सुगौलीमा देखिएको उत्साह र जनसहभागिताले पर्सा–३ मा विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति जनविश्वास तीव्र रूपमा बढ्दो क्रममा रहेको स्पष्ट देखिएको छ।

Leave A Reply

Your email address will not be published.