पटेल नगरमा जनमत पार्टीको शक्ति प्रदर्शन, ओमप्रकाश सर्राफको घरदैलोमा जनलहर
पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–२१ पटेल नगरमा फाल्गुन ६ गते जनमत पार्टी को तर्फबाट घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सर्राफ सहभागी भई स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको थियो। घरदैलोका क्रममा उहाँले जनताको समस्या, सुझाव तथा अपेक्षा सुन्दै विकास, सुशासन र समृद्धिको एजेण्डा प्रस्तुत गर्नुभएको थियो।
उम्मेदवार सर्राफले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा–स्वास्थ्य सुधार तथा युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।