पर्साको निचुटामा उपप्रमुख महतोले गरिन् सार्वजनिक पोखरीको सौन्दर्यकरणको शिलान्यास
३१ जेठ पर्सा , पूनम चौधरी
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ निचुटामा सार्वजनिक पोखरीको सौन्दर्यकारण गर्नको लागि शनिबार शिलान्यास गरिएको छ ।
गाउँपालिका उपप्रमुख ममता महतोले सो पोखरीको सौन्दर्यकारणका लागि सिलान्यास गरेकी हुन् । यो काम मधेश प्रदेशको
्पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको हो । यो कामले यहाँका स्थानियहरुको लागि एउटा स्मरणीय ठाउँ हुने र गाउँपालिकाको लागि पनि खुशीको क्षण रहेको उपप्रमुख महतोले बताइन ।
सो अवसरमा वडा नं ५ का वडा अध्यक्ष शिव चौधरी , वडा नं ४ का अध्यक्ष बासु पञ्जियार , उपभोक्ता समितिका अध्यक्ष प्रेम नारायण यादव लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।