पर्सा जिल्लाको गौरव बने रोयल एकेडेमीका कुशल कुमार बर्नवाल

87

वीरगन्ज, माघ २० आनन्द पटेल ।

वीरगन्ज–१५ स्थित प्रतिमा चोकमा रहेको रोयल एकेडेमीका कक्षा ९ का विद्यार्थी कुशल कुमार बर्नवाल ले अन्तर–विद्यालयस्तरीय प्रतिष्ठित “SHUTTLE STORM” ब्याडमिन्टन प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र अभिभावकको गौरव बढाएका छन्।

WORLD of SPORTS द्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा कुशलले अण्डर–१५ तर्फ प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भए। कम उमेरमै असाधारण क्षमता प्रदर्शन गरेका उनले अण्डर–१७ समूहमा समेत द्वितीय स्थान प्राप्त गरी आफ्नो प्रतिभा र मेहनतलाई थप प्रमाणित गरेका छन्।

प्रतियोगिताभर उत्कृष्ट खेल भावना, अनुशासन र आत्मविश्वासका साथ खेलेका कुशलको यो उपलब्धिलाई विद्यालय प्रशासन, शिक्षकवर्ग तथा खेलप्रेमीहरूले उच्च प्रशंसा गरेका छन्। यो सफलता उनले गरेको निरन्तर अभ्यास, समर्पण र अभिभावक तथा विद्यालयको सहयोगको परिणाम भएको विद्यालयको भनाइ छ।

विद्यालय परिवारले कुशलको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.