पर्सा–३ मा एमालेको संगठनात्मक शक्ति मजबुत, रूपेश कुमार पाण्डेको युवा नेतृत्वमा उत्साहपूर्ण भेटघाट
बिन्दवासिनी, पर्सा। नेकपा एमालेका अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति देखिँदा पर्सा–३ मा पार्टीको संगठनात्मक शक्ति अझ मजबुत बन्दै गएको स्पष्ट भएको छ।
कार्यक्रममा युवा उम्मेदवार रूपेश कुमार पाण्डे ले आफ्नो स्पष्ट भिजन, विकासप्रेमी सोच र जनमुखी प्रतिबद्धता प्रस्तुत गर्दै क्षेत्रको समग्र रूपान्तरणका लागि ठोस योजनाहरू राख्नुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासमा केन्द्रित उनका प्रस्तावले उपस्थित नेता–कार्यकर्तामा नयाँ उत्साह र भरोसा थपेको आयोजकहरूले जनाएका छन्।
भेटघाटले पर्सा–३ मा रूपेश पाण्डेको जित सुनिश्चित गर्न पार्टी पंक्ति एकढिक्का भएको सन्देश दिएको छ। “बोल्ने होइन, गर्ने नेतृत्व” को रूपमा परिचित पाण्डेप्रति जनताको बढ्दो विश्वास र समर्थनले आगामी निर्वाचनमा परिवर्तनको संकेत दिएको छ।