बिरगञ्जमा ‘एजुकाया इन्टरनेशनल’ शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन
बिरगंज । पानीटंकी–८ (प्रभु अस्पताल नजिक) अवस्थित एजुकाया इन्टरनेशनल प्रा. लि. शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। दिउँसो ३ बजे सुरु भएको कार्यक्रममा कन्सल्टेन्सीका निर्देशक शेख अजहर, शेख अम्जद र अमन गुप्ताका मातृश्रीहरूको संयुक्त शुभहातबाट परामर्श केन्द्रको उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तव, G.H.P. School की प्रिन्सिपल रामी कौर, कदम्बरी एकेडेमीका प्रिन्सिपल दिपक तुलस्यान, डेसिमल कलेजका निर्देशक सन्नी दुबे लगायत स्थानीय प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
अतिथिहरूले एजुकाया इन्टरनेशनल को स्थापना बिरगञ्जको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थपिने र विद्यार्थीहरूलाई गुणस्तरीय तथा विश्वासिलो परामर्श सेवा प्राप्त हुने विश्वास व्यक्त गरे। परामर्श केन्द्रले विदेश अध्ययन, करियर काउन्सेलिङ, भाषा कक्षा तथा शैक्षिक मार्गदर्शनका क्षेत्रमा प्रभावकारी र अभिमुख सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
समारोह सफल बनाउन सहयोग गर्ने सबै अतिथि, विद्यालय–कलेज प्रतिनिधि तथा शुभेच्छुकप्रति एजुकाया इन्टरनेशनल परिवारले धन्यवाद व्यक्त गरेको छ।