मधेसमा असंवैधानिक कदमविरुद्ध जनमत पार्टीको आक्रोश, वीरगञ्जमा विरोध प्रदर्शन
कार्तिक २५, वीरगञ्ज आनन्द पटेल
मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम र त्यसकै आधारमा गरिएको गैर–संवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले वीरगञ्जको घन्टाघरमा शक्ति प्रदर्शन cसहित विरोधसभा गरेको छ।
विरोधसभामा पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले संघीयताको मर्म र मधेसको अधिकारमाथि भएको प्रहार सह्य नहुने चेतावनी दिए।
उनले भने, “संविधानले दिएको अधिकार कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाज फेरि दबाउने खेल सुरु भएको छ, तर यो पटक त्यो खेल सफल हुन दिइने छैन।”

अध्यक्ष सरार्फले गैर–संवैधानिक रूपमा सरकार गठन गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै भने, “यदि यो कदम फिर्ता लिएन भने जनमत पार्टी सडकमा झनै कडा आन्दोलनमा उत्रिनेछ। मधेसको अधिकार र संघीयताको रक्षा गर्न हामी कुनै हालतमा पछि हट्दैनौं।”
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले “संविधानको रक्षा गर”, “मधेसको अधिकार मर्कामा”, “असंवैधानिक निर्णय खारेज गर” लगायतका नाराबाजी गर्दै प्रदेश प्रमुख र नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाए।
घन्टाघर क्षेत्र केही समय तनावपूर्ण बनेको थियो। प्रहरी र प्रदर्शनकारीबीच हल्का धक्का–मुक्कासमेत भएको भथभधष्तलभककहरूले बताएका छन्।
विरोध कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फको नेतृत्वमा केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा। मनोज सरार्फ, साथै नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन तथा युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायतको उपस्थिति थियो।