मधेस पत्रकारितामा उल्लेखनीय योगदान दिने तीन स्रष्टालाई मध्य नेपाल सन्देशको सम्मान

44

 

वीरगञ्ज, २१ साउन

वीरगञ्जबाट प्रकाशन हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने घोषणा गरेको छ।

मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले मधेसमा क्रियाशील पत्रकारहरूको योगदानको कदर गर्दै तीनजना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो।

सम्पादक कविता खड्काका अनुसार, उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी पत्रकार मोनिका झालाई प्रदान गरिनेछ। उनी अन्नपूर्ण पोस्ट दैनिककी मधेस ब्यूरो प्रमुखका रूपमा कार्यरत छन्। झालाई रु. १५,००० राशिको पुरस्कारसहित सम्मान गरिनेछ।

त्यसैगरी, मध्य नेपाल सन्देशमा लामो समयदेखि ‘खोजी जवाफदेहिताको’ स्तम्भ लेख्दै आएका शिवनाथ प्रसाद यादव र सामाजिक विषयमा कलम चलाउँदै आएकी गीता भण्डारीलाई पनि सम्मान गरिनेछ। दुबै जनालाई जनही रु. ११,१०० राशिको पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो।

शिवनाथ यादवले समाजमा व्याप्त विकृति, बेथिति र जनउत्तरदायित्वका विषयमा गहिरो विश्लेषणात्मक लेख लेख्दै आएका छन् भने गीता भण्डारीले विगत १० वर्षदेखि सामाजिक न्याय, महिला अधिकार र समानता सम्बन्धी विषयमा निरन्तर लेख लेख्दै आएकी छन्।

तीनै पत्रकारलाई यही भदौं १२ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा औपचारिक रूपमा सम्मान गरिने सम्पादक खड्काले जानकारी दिइन्।

 

Leave A Reply

Your email address will not be published.