माधवकुमार नेपाल भन्छन्, ‘ओलीको अहंकारले ल्यायो जेन–जी आन्दोलन’

51

काठमाडौं — नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा अझै बुद्धि नआएको टिप्पणी गरेका छन्।

नेपालले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै, “विध्वंसपछि पनि ओलीमा अहंकार कायम छ,” भनेका छन्। उनले ओलीको अहंकारले समाजमा निराशा फैलाएको र यही कारण विध्वंसको घटना आएको आरोप लगाएका छन्।

त्यसैगरी, बैठकमा बोल्दै नेपालले भदौ २३ र २४ का घटनाले आफूहरूको विद्रोह पुष्टि गरेको पनि दाबी गरेका छन्।

Leave A Reply

Your email address will not be published.