मानव अधिकार आयोगद्वारा सरकारलाई सिमरामा शान्ति सुरक्षा सुनिश्चित गर्न निर्देशन

2

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएर तनाव उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन दिएको हो ।

यस्तै आयोगले आउँदा दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रवक्ता डा। टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा मानव अधिकार आयोगले सिमरा घटनाको अनुगमन गरिरहेको पनि उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.