मेयर प्रत्याशी चौधरीद्वारा विपन्न तथा बालबालिकालाई ४० थान कम्बल सहयोग

82

पर्सा । पर्साको  जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा आईतबार अति विपन्न तथा असहाय व्यक्तिहरूलाई ४० थान कम्बल वितरण गरिएको छ।

समाजसेवी तथा जगरनाथपुर गाउँपालिकाका मेयर प्रत्याशी बृजेश्वर प्रसाद चौधरीले वडा नम्बर ४ स्थित ब्रिलियन्ट मोडेल इङ्गलिश बोर्डिङ स्कुल, जगरनाथपुर गाउँको प्राङ्गणमा आज बिहान उक्त सहयोग सामग्री वितरण गर्नुभएको हो।

कठ्याङ्ग्रिने चिसो मौसमलाई मध्यनजर गर्दै चौधरीले स्थानीय अति विपन्न, असहाय तथा जरुरतमन्द व्यक्तिहरूलाई कम्बल उपलब्ध गराउनुभएको बताइएको छ। साथै, सोही विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरूलाई करिब ८ प्याकेट बिस्कुट तथा चाउचाउ समेत वितरण गरिएको थियो।

यस कठिन चिसो मौसममा प्राप्त सहयोगले राहत महसुस भएको भन्दै स्थानीयवासीहरूले समाजसेवी चौधरीप्रति आ–आफ्नो तर्फबाट धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्। स्थानीयहरूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश जाने विश्वाससमेत व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.