विकास र सुशासनको एजेन्डासहित अजय चौरसियाको घरदैलो

67

नेपाली कम्युनिष्ट पार्टी पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार सिए अजय चौरसियाले वीरगंज वडा नम्बर ३२, टेढा र चोर्र्नीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा सयौं स्थानीय बासिन्दा र पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आफ्नो चुनावी यात्रा र उद्देश्यबारे जानकारी दिँदै भने,“मैले यस क्षेत्रको समग्र विकासका लागि निर्वाचनमा होमिएको हुँ। शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा ठूला परिवर्तन आवश्यक छन्। यसअघि भएका नेताहरूमा आर्थिक पारदर्शिता र स्पष्ट भिजनको अभावले गर्दा देश र क्षेत्र थला परेको छ। अब हामी नयाँ नेतृत्वमार्फत यी समस्याहरू समाधान गर्न चाहन्छौँ।”

चौरसियाले घरदैलोमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनका समस्याहरू र सुझावहरू सुने। उनले क्षेत्रका सडक, पिउने पानी, विद्युत, स्वास्थ्य सेवा र कृषि विकासका विषयमा आफूले उठाउने कदमहरूबारे पनि स्पष्ट जानकारी गराए।

उम्मेदवार चौरसियाले मतदातालाई आफ्नो उम्मेदवारी समर्थन गर्न ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरू, स्थानीय युवा तथा विभिन्न समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले उम्मेदवार चौरसियालाई समर्थन गर्दै क्षेत्रको विकासका लागि सबै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.