विन्दवासिनी –पोखरियामा हरन छापसहित मालती कुशवाहाको जोसिलो घरदैलो
पर्सा ।
पर्सा जिल्लाको बिन्दबासनी गाउँपालिका अन्तर्गत पर्सौनी भाठा गाउँ, मानिपुर गाउँ र झ्याउवा गुठी गाउँ तथा पोखरिया नगरपालिकाको सिर्सिया गाउँ, रहरिया गाउँ र रानीकोज रहरिया गाउँमा जनमत पार्टीकी उम्मेदवार मालती कुशवाहाको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार कुशवाहाले घर–घरमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुख–दुःख, समस्या र गुनासा ध्यानपूर्वक सुन्ने कार्य गरेकी थिइन्। स्थानीय बासिन्दाले राखेका समस्या र अपेक्षालाई आगामी दिनमा समाधान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
कार्यक्रमका क्रममा उम्मेदवार कुशवाहाले स्थानीय मतदातासँग जनमत पार्टीको चुनाव चिन्ह ‘हरन छाप’ मा मतदान गरी पार्टीलाई विजयी बनाउन साथ, सहयोग र समर्थन दिन अपिल गरिन्।
घरदैलो कार्यक्रममार्फत जनमत पार्टीले उक्त क्षेत्रमा जनसमर्थन बलियो बन्दै गएको दाबी गरेको छ। स्थानीयवासीले पनि उम्मेदवारसँग प्रत्यक्ष संवादको अवसर पाउँदा खुसी व्यक्त गरेका छन्।