वीरगंज २३ मा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत निर्मित घरको नेता यादवले गरे उद्घाटन,

78

वीरगंज स्विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, अन्तर्गत वीरगंज २३ प्रसौनी बिर्ता टोलमा निर्माण भएका घरहरुको शुक्रबार उद्घाटन गरिएको छ । संबिधान सभाका सदस्य एवं नेकपा एमाले वीरगंज महानरका ईन्चार्ज बिचारी यादवले चार वटा घरको उद्घाटन गरेका हुन । प्रमुख अतिथी यादवले प्रसौनी बिर्ता टोलका स्थानिय बिराज पासवान,बुनिलाल पासवान, ज्योति दास र रुषा पासवानको घरको उद्घाटन गरि हस्तान्तरण गरेका थिए । यादवले उद्घाटन गरिएका चार घर मध्ये तिन जना एकल महिला र एक जना अति बिपन्नको रहेको बताए ।

नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष समेत रहेका यादवले मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवको सहयोगमा पहिलो चरणमा ५ वटा घर पास भएको र तिमध्ये चार वटा घरको आज उद्घाटन गरिएको र एउटा घरको काम अन्तिम चरणमा रहेकोले एक हप्ता भित्र सो घरको पनि उद्घाटन गरिने बताए । यादवले अबको केहि महिना पछि वडाको तिनवटै टोलमा घर निर्माणको काम अघि बढाईने बताए । उहाँले तिनवटै टोलबाट वडा कमिटी मार्फत नाम संकल्नको काम भईरहेको र नाम संकल्न पश्चात अन्य प्राबिधिक काम अघि बढाईने बताए । ५लाख ३५ हजारको लागतमा घरहरु निर्माण भएको यादवले बताए । घर निर्माण भएपछि निकै खुशी लागेको घरधनिले प्रतिक्रिया दिएका छन ।

घरबिहिनलाई घर दिने एमाले पार्टीलाई उनीहरुले धन्यवाद समेत दिएका थिए ।
सो अवसरमा नेकपा एमाले मधेश प्रदेशका सदस्य मेघराज पासवान, वडा अध्यक्ष अवधकिसोर कुशवाहा,नेकपा एमालेका ईकाई कमिटी अध्यक्ष एवं वडा सदस्य लालबाबु यादव, जिल्ला कमिटी सदस्य एवं वडा ईन्चार्ज लक्ष्मी पराजुली ,एमालेका युवा नेता भोला यादव, रवि कुशवाहा,राकेश सा लगायतको उपस्थिती थियो ।

Leave A Reply

Your email address will not be published.