वीरगञ्जमा प्लास्टिक प्रदुषण सम्बन्धी जनचेतना जगाउने सामुदायीक विद्यालयका विद्यार्थीहरु पुरस्कृत
बिरगंज, पर्सा — उत्तम नेपाल संस्था र Living with Environment Parsa को संयुक्त आयोजनामा “प्लास्टिक प्रदूषणलाई हराऔं” भन्ने मूल नारासहित पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत बिरगंजका ११ वटा सामुदायिक विद्यालयहरूमा सात दिनसम्म चित्रकला प्रतियोगिता सञ्चालन गरियो, जसमा कूल ६० विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।
सहभागी विद्यालयहरूमा सिद्धार्थ मावि चिनीमिल-१४, नेपाल राष्ट्रिय मावि श्रीपुर-११, शारदा मावि बहुअरी (सुगौली पर्सा-२४), माइस्थान विधापीठ मावि-७, त्रिभुवन हनुमान मावि रेशमकोठी-६, श्री नेपाल राष्ट्रिय मावि नगवा-१६, सुरजी देवी मावि मुर्ली-१२, नेपाल रेलवे मावि-९ लगायतका विद्यालयहरू समावेश थिए।
कार्यक्रम Living with Environment Parsa का क्षेत्रीय प्रमुख फिरोज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याब्सन पर्सा का अध्यक्ष तथा साउथ जोन मावि का संस्थापक सरोज प्रसाद चौधरी प्रमुख अतिथि थिए।
बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, पत्रकार महासंघ पर्साका सदस्य तथा पर्सा पोस्ट डट कम का सञ्चालक अजित कुमार भुजेल, आनन्द पटेल, सन्तोषमान रञ्जितकार, सूर्य शुभचिन्तक, उत्तम नेपालका अध्यक्ष बिट्टु गुप्ता, Living with Environment Parsa का को–अर्डिनेटर लक्की कुमार बर्णवाल लगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले प्लास्टिकका कारण हुने दीर्घकालीन पर्यावरणीय र स्वास्थ्य सम्बन्धी समस्याहरूबारे प्रकाश पार्दै प्लास्टिक वस्तुको सट्टामा कपडा र कागजजन्य सामग्रीको प्रयोग गर्न विद्यार्थीमार्फत समाजमा जागरुकता फैलाउनु आवश्यक रहेकोमा जोड दिए।