वीरगञ्जमा ‘लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५’ सम्पन्न, बालप्रतिभाबाट विश्वशान्तिको सन्देश

59

वीरगञ्ज , लायन्स क्लब अफ वीरगञ्जको आयोजनामा “लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५” बिहिवार डि.ए.भी.आरबि. केडिया स्कुल, वीरगञ्जमा उत्साह पूर्वक सम्पन्न भएको छ । “एकताको रूपमा एकता” भन्ने मुख्य नारामा आधारित उक्त प्रतियोगितामा विद्यार्थीहरूले रंग, चित्र र सिर्जनशील विचार मार्फत विश्वशान्ति, एकता र मानवीय सद्भावको सशक्त सन्देश प्रस्तुत गरेका थिए ।
निर्णायक मण्डलले सन्देश, मौलिकता र कलात्मक प्रस्तुति जस्ता मापदण्डका आधारमा विजेताहरूको चयन गरेको थियो । प्रतियोगितामा डि।ए।भी। आर।बि। केडिया स्कुल, वीरगञ्जको कक्षा ७ मा अध्ययनरत साइका साना प्रथम भएकी थिइन् भने कक्षा ५ मा अध्ययनरत आरसी सिंह द्वितीय र कक्षा ७ मा अध्ययनरत मिष्टी जैसवाल तृतीय भएकी थिइन् ।
विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले बालबालिकाको सृजनशीलता र विश्वशान्तिप्रतिको दृष्टिकोण विकासमा यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै, यस्ता अवसरहरूले विद्यार्थीहरूमा मानवता, सहअस्तित्व र सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरेकी थिइन् ।
त्यसैगरी विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रेरणादायी तथा सिर्जनात्मक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता जनाएका थिए ।

लायन्स क्लब अफ वीरगञ्जका उपाध्यक्ष लायन गोविन्द साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, विद्यालयका प्रधानाध्यापक राकेश मिश्रा, इसिए कोर्डिनेटर मेघा दधिच, लायन्स क्लबका अन्य पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी एरिया सेक्रेटरी लायन सल्मा खातुनले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.