वीरगञ्जमा सनलाईट कप सम्पन्न, बिधासागरले उपाधि उचाल्यो

364

 

बिरगंज २९ मंसिर

वीरगञ्ज । सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेल प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, जीवन ज्योती स्कुलका सञ्चालक शिव गुप्ता, अमित आलोक, विजय बल तथा रङराजन चौरसिया लगायतको उपस्थिति रहेको थियो।

उक्त क्रिकेट प्रतियोगितामा वीरगञ्जका १२ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। फाइनल खेल एम.ई.एस. मा.बि. र बिधासागर मा.बि.बीच भएको थियो। टस जितेर बिधासागर मा.बि.ले पहिलो ब्याटिङ रोज्दै निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो र एम.ई.एस. मा.बि.लाई १३१ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा एम.ई.एस. मा.बि. निर्धारित ओभरमा लक्ष्य पूरा गर्न नसक्दा बिधासागर मा.बि.ले १९ रनको अन्तरले जित हासिल गर्दै उपाधि कब्जा गर्न सफल भयो। फाइनल खेलको ‘म्यान अफ द म्याच’ बिधासागर मा.बि.का आकाश कुश्वाहा घोषित भए।

विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सनलाईट स्कुलका सञ्चालक आलोक चौरसियाले गरेका थिए।

प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले बताएका छन्।

Leave A Reply

Your email address will not be published.