वीरगञ्ज संगीत कला परिषद्को आयोजनामा कलाकारहरूको भेला, संगीत क्षेत्रका विविध विषयमा छलफल

5

वीरगञ्ज, ६ भदौ । आनन्द पटेल

वीरगञ्जस्थित बीपीएस कलेजको सभाहलमा शनिबार कलाकारहरूको संगीतमय भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज संगीत कला परिषद्को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा परिषद्का साविर हुसेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

कार्यक्रममा विशेषगरी पर्सा जिल्लाका संगीत तथा कला क्षेत्रमा आबद्ध कलाकारहरूलाई एउटै छातामुनि जोड्दै स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने विषयमा गम्भीर छलफल भएको थियो। वक्ताहरूले कलाकारबीच देखिएका समस्या तथा चुनौतीलाई छलफल र सहकार्यका माध्यमबाट समाधान गर्दै स्थानीय कलाकारको क्षमता र सिर्जनशीलतालाई अघि बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी वीरगञ्जमा कलाकारहरूको मनोबल बढाउने, कला क्षेत्रमा लगानीकर्ताको कमी, कलाकारले भोग्दै आएका समस्या तथा त्यसको समाधानका उपायलगायतका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश शर्मा, ज्योति क्याल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, समाजसेवी गणेश लाठ, ज्ञानदा एकेडेमीका सञ्चालक तथा समाजसेवी राजेन्द्र कोइराला, अनिता साह लगायतको उपस्थिति थियो।

त्यस्तै कलाकारहरू प्रेमचन्द्र ओझैया, ध्रुव सिंह ठकुरी, अशोक प्रधान, डा. अशोक दास, ब्रह्मा महतो थारु, उपेन्द्र चौधरी, किसुन महतो, प्रकाश उपाध्याय, साविर हुसेन, दीपक, लालबाबु, चन्दन दास, लालबाबु सिंह, चन्दन पण्डितलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन दयानन्द ओझैयाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.