वीरगञ्ज–१४ पिप्रामा सरार्फको सक्रियता, वडा–७ मा जनमतको सम्पर्क कार्यालय सञ्चालन

47

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै जाँदा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिपरामा घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सरार्फले तराई–मधेसको मुख्य आय स्रोत कृषि रहेको उल्लेख गर्दै किसानहरू राज्यबाट विभेदमा परेको आरोप लगाए। उनले किसानको सम्मान, अधिकार र सशक्तिकरणका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए। आधुनिक प्रविधि र व्यवसायिक कृषि प्रणालीमार्फत किसानको आम्दानी वृद्धि गर्ने स्पष्ट योजना आफ्नो पार्टीसँग मात्र रहेको उनको दाबी थियो।

सरार्फले वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै यसले स्थानीय रोजगारी र उत्पादन वृद्धि गर्ने विश्वास व्यक्त गरे। उनले मधेस र देशको समग्र निकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ‘हर्न’ छापमा मतदान गरी जनमत पार्टीलाई विजयी बनाउन मतदातासँग अपिल गरे।

यसैबीच, वडा नम्बर–७ मा समर्थकहरूले वडा स्तरीय प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याएका छन्।

कार्यक्रममा स्थानीय नेताहरू बिध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवानलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

सरार्फले विकास, कृषि आधुनिकीकरण, किसान सशक्तिकरण तथा मधेसको समग्र उत्थानमा केन्द्रित रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.