वीरगन्ज कपडा बैंकको निस्वार्थ सेवामा हाम्रो साथ निरन्तर रहनेछ : क्लब अध्यक्ष साह

88

२० साउन, वीरगन्ज
लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज कपडा बैंकलाई मंगलबार कपडा सहयोग हस्तान्तरण गरेको छ। क्लबकी अध्यक्ष सुशीला साहको नेतृत्वमा २ बोरा, २ कार्टुन, ६ झोला कपडा वीरगन्ज कपडा बैंक कार्यालयमा पुगी अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा क्लबकी जोन पर्सन डा। लक्ष्मी थापा, डिन्ट्रिक चेयर पर्सन गुडडी जोशी, उपाध्यक्ष देवन्ती साह, सचिव कविता खडका, सदस्यहरू सरिता सिंह, सुगन्धी कुश्वाहा, सलोनी शिखा, जयन्ती चतुर्वेदी, रेखा ओझालगायतको उपस्थिति रहेको थियो। कपडा बैंकतर्फबाट सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, श्रवण बहादुर रायमाझी, सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा, सदस्य नवराज भट्टराई र कुन्दन मिश्रालगायत सहभागी थिए।

सो अवसरमा क्लब अध्यक्ष साहले कपडा बैंकको निस्वार्थ सेवाको प्रशंसा गर्दै, “बिपन्न तथा असहाय वर्गले नयाँ कपडा किन्न नसक्ने अवस्थामा नयाँजस्तै कपडा प्रदान गर्नु एक उच्च सेवाभाव हो,” भन्दै आगामी दिनमा समेत निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।

कपडा बैंकका सल्लाहकार अधिवक्ता उपाध्यायले, “तपाईं संग धेरै छ भने दिनुहोस्, छैन भने लिनुहोस्” भन्ने नारा आत्मसात गर्दै ६ वर्षदेखि वीरगन्ज–८ स्थित कार्यालयबाट पर्सा र बाराका विभिन्न स्थानमा सेवा दिइरहेको जानकारी दिए।

कार्यक्रममा बैंक अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विगतमा पनि निरन्तर कपडा सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्दै यस प्रकारको सेवा कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.