शुशिल साह कानुद्वारा वीरगंज–२६ अठराहामा घरदैलो, युवा र शिक्षामा जोड
वीरगंज, १७ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार शुशिल साह कानुले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दा, युवाहरू तथा पार्टीका कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र भावी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा विशेष रूपमा युवावर्गको सशक्तिकरण र शिक्षाको महत्व माथि जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शुशिल साह कानुले भने,
“हाम्रो लक्ष्य युवालाई अवसर दिने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र स्थानीय विकासमा जनसहभागिता बढाउने हो।”
उनले आगामी दिनमा विद्यालय र युवाकेन्द्रहरूको विकास, छात्रवृत्ति कार्यक्रमको विस्तार तथा पेशागत तालिमका अवसरहरू सिर्जना गर्ने योजनाबारे पनि जानकारी गराए।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र युवाहरूले उम्मेदवारका योजनाप्रति उत्साह व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए। साथै, सहभागीहरूले स्थानीय विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।