संघीयता र मधेसको स्वाभिमान जोगाउन जनमतलाई मत दिनुहोस् : ओमप्रकाश सरार्फ

46

वीरगञ्ज, माघ २८ – पर्सा निर्वाचन क्षेत्र नं.–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नं.–२३ इटियाही र प्रसौनीमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले सयौं बलिदानीबाट प्राप्त संघीयता, समावेशिता र मधेसको स्वाभिमानको रक्षा गर्न जनमत पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले संघीयता र मधेसविरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसी समुदायको समग्र उत्थानका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए।

देश र मधेसको निकासका लागि उत्कृष्ट दृष्टिकोण (भिजन) जनमत पार्टी र डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले ‘हर्न’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरे।

कार्यक्रममा नेता विद्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार, समानुपातिक उम्मेदवार विजय पासवान, भुपेन्द्र साह, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.