सनसाइन स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरुको भब्य स्वागत तथा हाउस क्याप्टेनलाई टिसर्ट र ब्याच वितरण
११ असार , वीरगन्ज
महानगरपालिका वडा नं १४ स्थित पिपरामा रहेको सनसाइन इङलिस बोडिङ्ग स्कुलमा नर्सरी देखि कक्षा ८ सम्म भर्ना भएका विद्यार्थीहरुको बुधबार एक समारोहबीच भब्य स्वागत एवम् हाउस क्याप्टेनलाई टिसर्ट ब्याच वितरण गरिएको छ । स्कुलका प्रिन्सिपल कुमारी निधिको अध्यक्षता तथा प्याब्सन बीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि नगर अध्यक्ष श्रीवास्तवले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सफल भएको यो सनसाइन बोडिङ्ग स्कुलले विद्यार्थीहरुको चौतर्फी विकास गरिरहेकोमा बधाई तथा शुभकामना दिए । उनलेे भने “कम शुल्कमा गुणस्तरीय शिक्षा पाउनु भनेको यस स्कूलका अभिभावकहरु धेरै भाग्यमानी रहेको बताए । यसैगरी सनलाइट स्कूलका सञ्चालक आलोक चौरसियाले यस बिधालयका संचालक अमित आलोकले शिक्षा क्षेत्रमा धेरै अनुभवी र प्याब्सनको पनि एउटा सचिव जस्तो गरिमामय पदमा बसेका ब्यक्तिले संचालन गरेको यो बिधालय धेरै राम्रो भएको बताए ।
उनलेे भने ” बिधालय स्तरमा हुने हरेक गतिविधिको बारेमा जानकार भएका ब्यक्ति भएकोले कुनै पनि विद्यार्थीहरु आफ्नो दक्षतामा कमी नहुने विश्वास ब्यक्त गरे । प्रमुख श्रीवास्तव विशिष्ट अतिथि चौरसियाले हाउस क्याप्टेनहरुलाई टिसर्ट तथा ब्याच वितरण गरेका थिए । बिधालयले बुधबारदेखि नै लागू हुने गरि इसीए कोडिनेटरमा सिम्रन थापा ,कोडिनेटरमा दिपक कुशवाहा,जुनियरमा अनु पटेललाई नियुक्तिपत्र प्रदान गरे।
संचालक अमित आलोकले बताए, अनुसार आज देखि आ,आफ्नो जिम्मेवारी बहन गर्ने सबै विद्यार्थी, शिक्षक, शिक्षिकालाई आग्रह गरे। कार्यक्रममा मानव सेवा आश्रमका देवेश मानव , अभिभावक बावुनन्द पटेल ,शिवशंकर आर्य ,मदन पटेल एवम् पत्रकार विद्यार्थीहरु र अभिभावकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुति गरेका थिए। कार्यक्रमको सहजिकरण शिक्षिका सिमरन थापाले गरेकी थिइन् ।