सन्तोष पटेलको ‘घरघर कमल’ अभियानले पर्सागढी–हरदासपुर ततायो
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत पर्सागढी नगरपालिका–स्थित हरदासपुरका दुई टोलमा नेपाल जनता पार्टी (एनजेपी) का उम्मेदवार सन्तोष पटेलले जनजागरण कार्यक्रम सञ्चालन गर्दै स्थानीय अगुवासँग भेटघाट गरेका छन्।
कार्यक्रममा उनले मतदातालाई “घरघर कमल” अभियानको समर्थन गर्न अपिल गर्दै एक भोट राष्ट्रका लागि हाल्न आग्रह गरे। उनले आफ्नो विकास एजेन्डा प्रस्तुत गर्दै युवा, महिला र विद्यार्थी सम्मान, शिक्षा–स्वास्थ्य सुधार, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, खेलकुद, मेडिकल कलेज तथा क्रिकेट स्टेडियम निर्माण, रामायण सर्किट विकास र रोजगारी सिर्जना जस्ता प्राथमिकतामा जोड दिएका छन्।
स्थानीय नागरिकहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो सुझाव, समर्थन र आशीर्वाद व्यक्त गरे। सन्तोष पटेलले आगामी निर्वाचनमा “कमल” चुनाव चिन्हमा मतदान गरी आफ्नो पक्षमा मत दिन अपिल गरेका छन्। यस कार्यक्रमले पर्सागढी–हरदासपुरमा एनजेपीको जनसंपर्क सशक्त बनाएको र मतदातासँग भरोसाको सम्बन्ध मजबुत बनाएको विश्लेषकहरूले बताएका छन्।