समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा मनोज पटेल चयन
वीरगञ्ज । समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगञ्जका वरिष्ठ पत्रकार मनोज पटेल चयन भएका छन्। बुधबार महोत्तरीको बर्दिवासमा सम्पन्न संगठनको विस्तारित बैठकले पटेललाई अध्यक्षमा चयन गरेको हो।
पत्रकार पटेल वीरगञ्जबाट प्रशारण भइरहेको रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन तथा नेपालपोष्ट डेली पत्रिकाका सञ्चालकसमेत हुन्। सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका पटेल अब संगठनको मधेस प्रदेश नेतृत्वमा रहने भएका छन्।
बैठकले अन्य पदाधिकारीहरू पनि चयन गरेको छ। त्यसअनुसारस् उपाध्यक्ष स् बाराकी पत्रकार शारदा पोखरेल सचिव स् सप्तरीका पत्रकार प्रमोद चालिसे सहसचिव स् महोत्तरीकी पत्रकार ममता विश्वकर्मा कोषाध्यक्ष स् सिरहाका पत्रकार रामपुकार यादव छन्।
बैठकमा संगठनका मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, सचिवालय सदस्य रेबेन्द्र कार्की तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मनोज चौधरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ नेतृत्व चयनसँगै मधेस प्रदेशमा समाजवादी प्रेस संगठनको भूमिकालाई थप सक्रिय, संगठित र प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।