समाज रुपान्तरणमा सामुदायिक प्रहरी कुम्हालटोलको प्रशंसनीय भूमिका : विद्यालय प्रमुख चौरसिया

174

वीरगन्ज, २१ साउन
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा वीरगन्ज–१६ स्थित सनलाईट माविमा  बुधबार मानव बेचबिखन तथा लागूपदार्थ दुर्व्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रहरी साझेदारी सम्पर्क अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रम कक्षा ९ का ७० जना विद्यार्थी लक्षित थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले वृत्तचित्रमार्फत मानव बेचबिखन र लागूपदार्थ दुर्व्यसनका कारणहरू, असरहरू, कानुनी सजायहरू र त्यसबाट जोगिन सकिने उपायबारे विस्तृत प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई सचेत रहन र सुरक्षित बन्न आह्वान गर्दै समाज सुधारका लागि प्रहरीसँग सहकार्य गर्न आग्रह गरे।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए जसको स्पष्ट र बुझिने उत्तर दिँदै चौलागाईंले सहभागितालाई थप प्रभावकारी बनाए। कार्यक्रममा सहभागी प्रमुख सल्लाहकार मार्टिन मोक्तानले “हामी समाजका बिना बर्दीका सिपाही हौं” भन्दै प्रहरी र विद्यालयबीचको सञ्जाल निर्माण गरेर सुरक्षित समाज बनाउनेमा जोड दिए।

विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले सामुदायिक प्रहरी कुम्हालटोलले वर्षौंदेखि निरन्तर रुपमा यस्ता सामाजिक चेतनामूलक कार्यक्रम गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे।

वरिष्ठ सल्लाहकार श्याम केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टोल सुधार समिति अध्यक्ष नन्दलाल अहिर, मुनलाइट स्कुलका निर्देशक मार्टिन मोक्तान, पत्रकार तथा वीरगन्ज कपडा बैंक अध्यक्ष लालबाबु सिंह, बिर्ता प्रहरी प्रशिक्षार्थी रोहित मणि दहाल, उपाध्यक्ष सन्जु दहाल, सदस्यहरू तारा विष्ट, सुशिल श्रीवास्तव, सम्झना मल्ल, सञ्चारकर्मी सन्तोष रञ्जितकार, अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु राय लगायत शिक्षक, विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

Leave A Reply

Your email address will not be published.