सशस्त्र प्रहरी पर्साद्वारा पोखरीमा डुबेका बालकको शव उद्धार

11

कार्तिक २१, आनन्द पटेल

बीरगंज–२ सिधुवाटोल स्थित छठिघाटको पोखरीमा डुबेर मृत्यु भएका १२ वर्षीय शनि कुमार साहको शव सशस्त्र प्रहरी बल नेपाल पर्साले उद्धार गरेको छ। उनी बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवाका बासिन्दा थिए।

स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा, सुरक्षा बेन्चबाट सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्किको नेतृत्वमा पाँच सदस्यीय टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, पर्साबाट सहायक निरीक्षक संजिव यादवको नेतृत्वमा सात सदस्यीय टोली उद्धारका लागि खटिएको थियो। उद्धार गरिएको शव आवश्यक प्रक्रिया पूरा गर्न नेपाल प्रहरीले सम्हालेको छ।

वडा प्रहरी कार्यालय बिर्‍तबाट प्रहरी निरीक्षक नविन थापाको कमाण्डमा टोली पनि घटनास्थलमा पुगेको थियो।

Leave A Reply

Your email address will not be published.