सामुदायिक सेवा केन्द्र छ्पकैयाद्वारा निशुल्क आँखा शिवीर सम्पन्न
बैशाख १३ बिरगंज
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाको आयोजनामा बृहत निशुल्क आँखा शिवीर सम्पन्न भएको छ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा एवं प्रमुख अतिथीमा बिरगंज
महानगरपालिकाका उप मेयर इम्तियाज आलम एवं विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र,शास्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल,वडा अध्यक्ष रियाज मिया तेलिको आतिथ्यमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम शनिबारको दिन बिहान ७ बजेदेखि छ्पकैया वडा न.२ स्थित छटघाटमा रहेको धर्मशालामा निशुल्क आँखा शिबिर भएको हो।सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामीको विशेष सहयोगमा निशुल्क आँखा शिबिरको आयोजना भएको जानकारी अध्यक्ष ठकुराईले जानकारी दिनुभयो ।
उक्त निशुल्क शिबिरमा १ सय ४९ जनाको चेकअप भएको थियोे। ती मधे ३५ जनामा मोतियाबिन्द रोग फेला परेको थियोे।
निशुल्क चेकअप सगै आवस्यक औंषधि,आईडरप समेत बितरण गरिएको थियोे।फेला परेको मोतियाबिन्द हुनेहरुको बिरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क अपरेसन समेत गर्ने व्यवस्था समेत भएको अध्यक्ष ठकुराईले जानकारी गराएका थिए ।
अध्यक्ष ठकुराईका भनाई अनुसार उक्त निशुल्क आँखा शिबिरको उदेश्य भनेको गाउघरमा रहेका गरिब , निमुखा र पैसाको अभावले गर्दा अस्पताल सम्म पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आखाको उपचार बिना अन्धकार जिवनबाट गुज्रिन नपरोस भन्ने रहेको बताए ।
उक्त कार्यक्रममा अतिथि रा.स.स.का बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, सदस्य वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल , धिरज शर्मा , अरुण गोयल , अब्दुल कैश तेलि , प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी , प्रहरी सहायक हवल्दार मणि भुषण यादव , प्रहरी सहायक हवल्दार पनालाल कुमार पन्डित , प्रहरी जवान सोलाजिम मिया लगाएतकाहरुको पनि उपस्थिति रहेको थियोे ।