सिमरा विमानस्थल झडप : बुधबार सबै उडान रद्द

38

सिमरा विमानस्थलमा बुधबारका लागि सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थलमा जम्मा भएका जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो।

विमानस्थल आसपासको अवस्था तनावग्रस्त भएसँगै आजका सबै उडान बन्द गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ। बुद्धले काठमाडौंसिमरामा दैनिक ५ वटा उडान गर्दै आइरहेको छ। बुधबार बिहान ९ बजेको एउटा उडान भएको थियो। त्यसपछिका चार उडान रद्द भएका छन्।

विमानस्थलमै झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरे‍को छ।

Leave A Reply

Your email address will not be published.