हिन्दू राष्ट्रको एजेन्डासहित पर्सा–२ मा सन्तोष पटेलको घरदैलो र सत्सङ्ग कार्यक्रम

68

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ का बैरियाविर्ता र सिस्याडीमा आज नेपाल जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

त्यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ५ पञ्चरुखीमा कावरीया बाबा ज्यूहरूसँग सत्सङ्ग कार्यक्रमसमेत आयोजना गरिएको थियो। धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको उक्त सत्सङ्गमा ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो।

घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार पटेलले

“एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर हर कमल घर घर कमल” भन्ने नारासहित आफ्नो एजेन्डा जनतामाझ राख्नुभएको थियो। उहाँले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्यमा सुशासन, विकास र सुरक्षा, स्वाभिमानको रक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रलाई प्रोत्साहन तथा रोजगारी सिर्जनासहित क्षेत्रको समृद्धिको प्रतिबद्धता व्यक्त गर्नुभयो।

हिन्दू राष्ट्रको मुद्दा टोल–टोलमा उठाउँदै आउनुभएका सन्तोष पटेलले जनताको भावना अनुसार राजनीति गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नेपाल जनता पार्टीको कमल छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.