दुःखको घडीमा साथ: तीन परिवारलाई खाद्यान्न सहयोग

69

वैशाख १ पर्सा, आनन्द पटेल। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित सुकुम्बासी दलित बस्तीमा आगलागीबाट प्रभावित तीन परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ।

गएराति करिब १ बजे एक्कासी लागेको आगलागीबाट संजय राम, मन्जय राम र मन्तुरा देवी भगतिनको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीका कारण उनीहरूको फुसको झुपडीसहित लत्ताकपडा, भाँडावर्तन, अन्नलगायत सम्पूर्ण सामग्री नष्ट भएको स्थानीयले जनाएका छन्।

यसैबीच, बृजेश्वर प्रसाद चौधरीको विशेष पहलमा नाम नखुलाउने एक दाताबाट पीडित प्रत्येक परिवारलाई एक/एक बोरा चामल, आटा, आलु, प्याजका साथै दाल, मसला, नुन, खाने तेल, चना, मटर र साबुनलगायतका अत्यावश्यक सामग्री सहयोग गरिएको हो।

दुःखद घडीमा समन्वयकारी भूमिका निर्वाह गरेका अभियन्ता मनोज रामको योगदानलाई स्थानीयले प्रशंसा गरेका छन्।

हाल पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य रहेको अवस्थामा उनीहरूलाई थप सहयोगको खाँचो रहेको बताइएको छ। स्थानीयले सबैलाई सकेको सहयोग गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.