वीरगन्जका तीन क्यासिनोमा मध्यराति प्रहरी छापा, ६ जना पक्राउ

76

वीरगन्ज — वीरगन्जमा सञ्चालनमा रहेका तीन वटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार होटल दियालो सिद्धार्थस्थित किंग्स क्यासिनो, होटल सुरजस्थित फर्च्युन सिटी गेमिङ क्लब क्यासिनो तथा होटल सरोवरस्थित क्यासिनो मोहजंगमा छापा मारिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये भारतको बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा पर्साको वीरगन्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन्।

नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध छ। प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये अन्सारी बाहेक अन्य पाँच जनाले आफू भारतीय नागरिक भएको बताएका छन्। तर उनीहरूले भारतीय नागरिक भएको पुष्टि गर्ने कागजात प्रस्तुत गर्न नसकेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका पाँच जना वास्तवमै भारतीय नागरिक हुन् वा नेपाली नागरिक भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी

Leave A Reply

Your email address will not be published.