बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

58

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ११ निवासी ५४ वर्षीय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका ठाकुरलाई १ महिना कैद सजायसँगै रु. ९ लाख २६ हजार जरिवाना तोकिएको थियो । अदालतको फैसला कार्यान्वयनबाट बच्न फरार रहेका उनलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई थप तीव्र बनाउँदै आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका व्यक्तिहरूमाथि निगरानी बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.