ट्राफिक व्यवस्थापनमा योगदान पुर्‍याएका कटवाललाई सम्मानपूर्वक विदाइ

60

वीरगञ्ज, असार ३ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ।

देश मधेश डटकमका अध्यक्ष एवं सञ्चारकर्मी अभिलाष गुप्ता र सञ्चारकर्मी सन्तोष कुशवाहाले संयुक्त रूपमा कटवाललाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पर्सा जिल्लामा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा प्रहरी निरीक्षक कटवालले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले उनको कार्यकालमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारणमा ट्राफिक नियमप्रति सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा सञ्चारकर्मी अभिलाष गुप्ता र सन्तोष कुशवाहाले कटवाललाई आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै स्वास्थ्य, प्रगति र उज्ज्वल भविष्यको कामना गरेका थिए।

प्रहरी निरीक्षक कटवालले आफ्नो कार्यकालमा सञ्चारकर्मी तथा सरोकारवाला निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।

बिदाइ कार्यक्रममा सहभागीहरूले कटवालको व्यावसायिक दक्षता, अनुशासित कार्यशैली र नागरिकमैत्री व्यवहारको प्रशंसा गर्दै उनको आगामी कार्ययात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.