जनकपुरधाममा सुरक्षा चुनौती बढ्यो, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश

59

वीरगञ्ज, साउन । जनकपुरधाममा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा कर्फ्यु लागू गरिएको हो। प्रशासनका अनुसार कर्फ्यु बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुनेछ।

शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइने छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्र, समयावधि र अन्य आवश्यक विवरणबारे औपचारिक सूचना मार्फत जानकारी गराउने जनाएको छ।

यस अघि जनकपुरधाममा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको थियो। कर्फ्यु आदेशसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।

प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.