मधेशमा ७८.५९ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

60

काठमाडौं । मधेश प्रदेशमा चालु धान रोपाइँ सिजनमा हालसम्म ७८.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। साउन ७ गतेसम्म प्रदेशभर तीन लाख ५ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपिएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार मधेशमा सबैभन्दा बढी सिरहा जिल्लामा ९४ प्रतिशत धान रोपाइँ भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

यस वर्ष किसानहरूले उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा विशेष ध्यान दिएका कारण उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको निर्देशनालयको भनाइ छ।

यद्यपि केही स्थानमा भने सिंचाइ पूर्वाधारको अभाव र रासायनिक मलको अपर्याप्त आपूर्ति का कारण किसानले समस्या भोगिरहेको गुनासो गरेका छन्। कृषि अधिकारीहरूले बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने र अनुकूल मौसम कायम रहे उत्पादन सन्तोषजनक हुने अपेक्षा गरेका छन्।

Leave A Reply

Your email address will not be published.