नेपाल प्रहरीलाई मधेश सरकारको ४ करोड ६८ लाखको १२ गाडी

53

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउन नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराइएको हो।

मन्त्री महतोका अनुसार प्रहरीको शान्तिसुरक्षा व्यवस्थापन तथा दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सवारीसाधन उपलब्ध गराइएको हो।

हस्तान्तरण गरिएका सवारीसाधन मध्ये चन्द्रपुर, गरुडा, गोडैता र गडहिया इलाका प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप जिप उपलब्ध गराइएको बताइएको छ। बाँकी सवारीसाधन प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरिएको छ।

प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले सवारीसाधन खरिद गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित कार्यक्रममा सवारीसाधन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो।

Leave A Reply

Your email address will not be published.