शिक्षामा योगदानको कदर : विश्व शिक्षक दिवसमा नेसनल प्याब्सनका नगर अध्यक्ष गुप्ता सहित तीन शिक्षाविद् सम्मानित

61

वीरगञ्ज, पर्सा आनन्द पटेल ।

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका वीरगञ्जका तीन जना शिक्षाविद् तथा विद्यालय सञ्चालक सम्मानित भएका छन्।

विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा पूर्वी चम्पारणको रक्सौल स्थित स्कुलको आयोजनामा सम्पन्न जिल्लास्तरीय शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रममा वीरगञ्जका तीन शिक्षाविद्लाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा सगरमाथा एकेडेमी, मुर्ली–१२, वीरगञ्जका प्रिन्सिपल तथा निर्देशक जियालाल गुप्ता, गुगल एकेडेमी, वीरगञ्जका प्रिन्सिपल तथा निर्देशक नरेश राउत कुर्मी र अध्ययन एकेडेमी, वीरगञ्ज–१६ का प्रिन्सिपल तथा निर्देशक गौतम श्रीवास्तव रहेका छन्।

शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास तथा समाजमा शिक्षा र चेतनाको विस्तारमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै वहाँहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षकको बदलिँदो भूमिका, शिक्षा र संस्कारबीचको सम्बन्ध तथा समाज निर्माणमा शिक्षकको जिम्मेवारीबारे चर्चा गरिएको थियो। वक्ताहरूले शिक्षकलाई विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र दिने व्यक्ति नभई उनीहरूको चरित्र, क्षमता र भविष्य निर्माण गर्ने महत्वपूर्ण मार्गदर्शकका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

सम्मान कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षासँग सम्बन्धित व्यक्तित्व, शिक्षक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

वीरगञ्जका तीन शिक्षाविद्लाई गरिएको सम्मानले शिक्षा क्षेत्रमा उनीहरूले पुर्‍याउँदै आएको योगदानको कदर हुनुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा शैक्षिक क्षेत्रमा काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। सम्मानको लागि नेशनल प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ताले आयोजक संस्थालाई धन्यवाद दिनै नेपाल भारतको शिक्षा क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । साथै उनले यस्ता कर्यमलाई निरन्तर दिँदै शिक्षा सम्बन्धी बसह पनि गर्न जरुरी रहेको बताए।

Leave A Reply

Your email address will not be published.