मेयर सिंहले गरे जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन

31

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगञ्ज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गर्नु भएको छ। निरीक्षणका क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ। यस अवसरमा बीरगञ्ज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीहरूको पनि उपस्थिति रहेको थियो।

उक्त छड्के अनुगमन ९निरीक्षण० टोलीले प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको हो।

बीरगञ्ज जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा स्थापना गरिएको हो। बीरगञ्ज जनस्वास्थ्य प्रयोगशालाले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.