अत्यधिक गर्मी बढेसंगै वीरगंजका विधालयहरुमा गर्मी विदा थप

62

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसंगै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरूमा गर्मी बिदा थप गरेको छ।

महानगरपालिका शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने जनाएको हो।

वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार, यो थप गरिएको बिदालाई वर्षे सट्टे बिदाबाट मिलान गरिनेछ।

प्रमुख शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा बिदाको समयमा समेत विद्यालय प्रशासनका कामहरू भने सूचारु राख्न सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.