श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ

19

काठमाडौं । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका(४ घिउरा टोलका    फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो ।

उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।

पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.