नेशनल इन्फोटेक कलेजको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम समपन्न , २४ महिला सहित १६९ जनाले गरे रक्तदान
२५ असार वीरगन्ज, लालबाबु सिंह
नेसनल इन्फोटेक कलेजले बढदो गर्मीसंगै रगतको अभाव पुर्ती गर्न बुधबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज १५ ब्रहमचोकमा अवस्थित नेसनल इन्फोटेक कलेजले बुधबार कलेज परिसरमा आकस्मिक रक्तदान कार्यक्रममा २४ जना महिला सहित १६९ जनाले रक्तदान गरेका छन । सो कार्यक्रम कलेजका संचालकद्वय मनिष सिंह र काजल सिंहले रक्तदाताहरुलाइ रगतको पोका प्रदान गर्नु का साथै आफू पनि रक्तदान गरि कार्यक्रम सुभारम्भ गरेका हुन ।
सो अवसरमा रक्तदान गर्नेहरुमा काजल सिंह, मनिष सिंह ,सयोनी कुमारी, रबिना खातुन,मनिका यादव,स्नेहा साह,सम्झना यादव,रानु पाल,कन्चन कुमारी ,सुजाता यादव,चित्रलेखा कुमारी ,सुधिर पटेल,जितेन्द्र कुमार साह,जितेश पटेल,रोहित मण्डल ,चन्दन महतो कहार,शशी बरनवाल,आयुष शर्मा,राहुल कुमार गुप्ता, लगायत रहेका छन । सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता देवेश मानवसेवा,ओमकुमार झा,राजन श्रीवास्तव,कलेजका एशिया डाइरेक्टर सुधिर पटेल, सन्चारकर्मिहरु अर्जुन चौधरी ,अभिलाश गुप्ता लगायत कलेजका शिक्षकहरु, विद्यार्थीहरु , कर्मचारिहरु एवं स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कलेजका संचालक मनिष सिंहले वीरगन्जमा बढेको गर्मी संगै रगतको चरम अभाव भएकोमा सो को पुर्तीको लागि यो आकस्मिक रक्तदान कार्यक्रम राखेका हौ र रक्तदान प्रती जागरुकता फैलाउने र जीवन बचाउने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ । साथै उनले सम्पूर्ण रक्तदाताहरुलाई आभार जताउदै शुभकामना समेत दिए ।
सो अवसरमा कलेजका एशिया निर्देशक पटेलले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै प्रत्येक ३ तीन महिनामा हाम्रो रगत आफै समाप्त भएर खेर हुने र नया रगत बन्ने भएकोले सम्पुर्णलाई रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गरे ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।