१ करोड ६० लाख मूल्य बराबरको कपडा र चुरोट बरामद

88

जनकपुरधाम , सशस्त्र प्रहरी बल सिमा सुरक्षा बलले झण्डै १ करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा बल र भन्सार कार्यालय सर्लाही मंगलवाको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका ९२ लाईटरखोरबाट एक करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको हो ।

सर्लाहीको ईश्वरपुर नपा २ लाईटरखोर स्थित श्री तुलसी पशुपालन फर्ममा अवैध रुपमा लुकाई–छिपाई राखेको १ करोड ५८ लाख ५९ हजारको मात्रामा लत्ताकपडा र चुरोट छापामारी गरी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

भन्सार अधिकृत धर्मेन्द्र कुमार सिंहका अनसार टोलीले प्लाटिनम एण्ड प्रिमियम ब्लेण्डेड ब्लू ३१ पोका कपडा र ७० कार्टुन चुरोट बरामद गरी भन्सार कार्यालय मलंगवा, सर्लाहीमा दाखिला गरेको जनाएको छ ।

ढकालले पछिल्लो दुई महिनाको अवधिमा मात्रै १७ करोड १२ लाख ४६ हजार ४ सय ८६ रुपैयाँ बराबरको अवैध सामान र १२८०।२१६ के।जि। गाँजा र ८२,९६६ पिस ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.