प्रधानमन्त्री ओलीद्वारा मधेशको सुख्खाग्रस्त क्षेत्रको हवाई अवलोकन
रगञ्ज , प्रधानमन्त्री केपी शर्मा ओलीले आज हेलिकोप्टर मार्फत तराईका सुख्खाग्रस्त क्षेत्रहरूको हवाई निरीक्षण गरेका छन्। लामो समयदेखि वर्षा नपरेपछि तराईका बालीहरू सुक्दै गएका छन्, जसले किसानहरूलाई गम्भीर संकटमा पारेको छ।
हवाई अवलोकनपछि प्रधानमन्त्री ओली केहीबेरमै स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटवार्ता गर्दै छन्। भेटका क्रममा उनी किसानहरूको समस्या सुन्ने र राहतसम्बन्धी सरकारी तयारीबारे जानकारी दिने कार्यक्रम रहेको छ।
यसअघि सरकारले विशेष निर्णय गर्दै सुख्खाबाट प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउने घोषणा गरिसकेको छ। सो निर्णयअनुसार, पीडित कृषकहरूलाई बीउबिजन, सिँचाइका वैकल्पिक उपाय, कृषि ऋणमा सहुलियत, र आवश्यक खाद्यान्न सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सरकारले सुख्खाको दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिइएको जनाएको छ। प्रधानमन्त्री ओलीको स्थलगत निरीक्षण र किसानहरूसँगको संवादलाई प्रभावित क्षेत्रका जनताले आशाको दृष्टिले हेरेका छन्। आजै मधेश प्रदेशका महोत्तरीमा तीन ठाउँ र बारामा एक ठाउँमा उनको कार्यक्रम तय छ ।
महोत्तरीको नदीमा नवनिर्मित पुलको पुलको उदघाटन, मटिहानी नगरपालिकाको प्रसुतिगृह भवन र लोहारपट्टी–बलवा नगरपालिका जोड्ने रातोनदीमा नवनिर्मित पुलको उदघाटन कार्यक्रम तय भएको छ ।
महोत्तरीको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बारा प्रस्थान गर्ने कार्यक्रम छ । बाराको परवानीपुर गाउँपालिका कार्यालयको प्रशासनिक भवनको दिउँसो ३ बजे प्रधानमन्त्रीबाट समुदघाटन हुने समयतालिका निर्धारण रहेको छ ।