मधेश प्रदेश सरकार संकटमा : एमालेले समर्थन फिर्ता लियो

396

एमालेले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ। नेकपा एमालेको संसदीय दलको बैठकले सर्मथन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

असोज ८ मा कांग्रेसले सरकारबाट समर्थन लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री सिंहले एमालेसँगको सहमतिबमोजिम बुधबार पनि राजीनामा नदिने, बरु २८ गते विश्वासको मत सामना गर्ने भनेपछि एमालेले समर्थन फिर्ता लिएको हो। जनमतले पनि भदौ २८ मा सरकारप्रतिको समर्थन फिर्ता लिएको छ।

Leave A Reply

Your email address will not be published.