आमाको माया छात्रावासलाई लायन्स क्लबको खाद्यान्न सहयोग

51

वीरगञ्ज : समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा सोमबार आमाको माया छात्रावास, वीरगञ्जलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

छात्रावासमा रहेका विद्यार्थीहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै क्लबहरूले चाउचाउ, जुस, बिस्कुट, कापी, कलम लगायतका अत्यावश्यक खाद्यान्न एवं शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम डिष्ट्रिक्ट उप(गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लब सधैं समाजसेवा र मानवीय सहयोगमा समर्पित रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, आमाको माया छात्रावास वीरगञ्जका इन्चार्ज रमित चौधरीले चारवटै सहयोगी लायन्स क्लबहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लायन्स क्लबहरूले गरेको सहयोगले छात्रावासमा रहेका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताउनुभयो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ को(चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीका संस्थापक अध्यक्ष लायन मनोज यादव, पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, उपाध्यक्ष लायन कुसुम वर्णवाल, सहसचिव लायन ब्युटी जैसवाल, कोषाध्यक्ष लायन पम्फा गिरी लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लायन्स क्लबहरूको यो संयुक्त मानवसेवा अभियानले समाजमा सहयोग, करुणा र एकताको सन्देश दिएको छ । कार्यक्रमले “We Serve” भन्ने लायन्स क्लबको मूल नारालाई व्यवहारिक रूपमा उजागर गरेको छ ।

Leave A Reply

Your email address will not be published.