भारतबाट अवैध औषधि ल्याउँदै गर्दा युवक सशस्त्र प्रहरीद्वारा नियन्त्रण

71

कार्तिक २३, आनन्द पटेल

पर्सा । भारततर्फबाट अवैध रूपमा औषधि ल्याउँदै गरेको अवस्थामा एक युवक सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा परेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, मुख्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६, ईनर्वास्थित खेतबाली क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी सूचक गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले भारतबाट टाउकोमा बोकी ल्याइँदै गरेको अवस्थामा विभिन्न किसिमका मानिसले प्रयोग गर्ने औषधि बरामद गरेको हो। बरामद औषधिको मूल्य करिब रु. ९ लाख ५८ हजार ९१३ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त औषधि सहित बारा जिल्ला, विश्रामपुर गाउँपालिका–४, बलिरामपुर बस्ने १८ वर्षीय हरिओम कुमार पासवानलाई नियन्त्रणमा लिइएको छ। उनलाई बरामद वस्तुसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका सूचना अधिकारी जनाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले  जानकारी दिएका छन ।

 

Leave A Reply

Your email address will not be published.