ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान, मानवसेवामा युवाको सक्रिय सहभागिता

163

बिरगंज २४, पर्सा | आनन्द पटेल — ग्लोबल बिजनेस क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो।

रक्तदानमा क्याम्पसका महिला तथा पुरुष गरी १७३ जना विद्यार्थीहरूले रक्तदान गरेका थिए, जसमा ३५ जना महिला र १३८ जना पुरुष सहभागी थिए।

कार्यक्रमको सभापतृत्व ग्लोबल बिजनेस क्याम्पसका प्रधानाध्यापक श्रीराम दासले गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक र सशस्त्र प्रहरी उपरीक्षक पुरणराज भट्ट उपस्थित हुनुहुन्थ्यो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल र सोही शाखाका निमित्त कार्यालय प्रमुख वीरशमशेर प्रसाद कुर्मी सहभागि हुनुहुन्थ्यो।

यस्तै, कार्यक्रममा ग्लोबल बिजनेस कलेजका संस्थापक तथा फाइनान्स हेड अशोक सराफ, संस्थापक तथा एचआर हेड ओमप्रकाश श्रेष्ठ, नेपाली विभाग प्रमुख सन्दीप राज साह, साथै कलेजका शिक्षक, विद्यार्थी तथा समाजसेवीहरू सहभागी भएका थिए।

आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य युवाहरूमा सामाजिक उत्तरदायित्व, मानवता र परोपकारको भावना अभिवृद्धि गर्नु थियो।

ग्लोबल बिजनेस क्याम्पसले भविष्यमा पनि यस्ता मानवसेवा तथा समाजोपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.